जोडिनुहोस
  • होमपेज
  • मनाङका एसइई परीक्षार्थी एउटै कोठामा

मनाङका एसइई परीक्षार्थी एउटै कोठामा

मनाङका माध्यमिक शिक्षा परीक्षा एसईई दिने परीक्षार्थी एउटै कक्षा कोठामा अटाएका छन् । देशकै थोरै परीक्षार्थी रहेको मनाङमा एउटा मात्र केन्द्र तोकिएकोमा परीक्षार्थीलाई एउटै कोठामा राखिएको छ ।

४० जनाले आवेदन दिएकोमा परीक्षामा ३९ जना मात्रै सहभागी रहेका जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाइँले जानकारी दिनुभयो । उहाँकाअनुसार परीक्षा केन्द्र परिसरको सुरक्षाका लागि नेपाल प्रहरीका सात र सशस्त्र प्रहरी बलका सात गरी १४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मनाङमा ४२ वर्षीया आमा राधा थापा क्षेत्री र १६ वर्षीय छोरा जयराम थापा क्षेत्रीले सँगै परीक्षा दिनइरहनुभएको छ । उक्त परीक्षा केन्द्रमा २३ छात्रा र १७ छात्र गरी कूल ४० विद्यार्थीले एसइईमा सहभागिता जनाउने गरी फाराम भरेकामा खुलातर्फका एक जना अनुपस्थित भएपछि ३९ परीक्षार्थीले परीक्षा दिइरहेका केन्द्राध्यक्ष श्यामकृष्ण पन्तले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रकाशज्योति माविबाट १९, लोकप्रिय मा.वि. बाट १७, अन्नपूर्ण मा.वि.बाट एक र लोकप्रिय मा।वि।बाट खुला दुई गरी ३९ जना सहभागी भएका छन् ।

लोकप्रिय मा.वि.मा परीक्षा केन्द्र कायम गरिकामा आवासीय विद्यालय भएकाले होहल्ला हुने तथा नजिकै पहिरो गएकाले समस्या हुनसक्ने भएपछि बालमन्दिर प्रा.वि.को हलमा परीक्षा सञ्चालन गरिएको पन्तले बताउनुभयो । उहाँकाअनुसार मनाङमा एउटै परीक्षा केन्द्र र एउटै परीक्षा हल कायम भएको छ ।

मर्‍यादित ढङ्गबाट परीक्षा सञ्चालन भएको जानकारी दिँदै उहाँले यस वर्षदेखि एसइई दिने विद्यालयका कोहीलाई पनि निरीक्षक तथा केन्द्राध्यक्ष नराखिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछाने र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चपाइँले अनुगमन गर्दै आउनुभएको छ । परीक्षा हलमा तस्बीर खिच्न निषेध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका