जोडिनुहोस
  • होमपेज
  • ठमेल चौबिसै घण्टा खुलाउनेबारे व्यवसायी र घरधनीसँग छलफल

ठमेल चौबिसै घण्टा खुलाउनेबारे व्यवसायी र घरधनीसँग छलफल

ठमेल पर्यटन विकास परिषद्ले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रलाई चौबिसै घण्टा खुलाउनेबारे ठमेलका व्यवसायी तथा घरधनीसँग छलफल गरेको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालयको अनुरोधमा परिषद्ले आज व्यवसायी र घरधनीसँग छलफल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘चौबिसै घण्टा बजार सञ्चालनका लागि आचारसंहिता एवम् सुरक्षा मापदण्ड-२०८०’ तयार गरिसकेको छ । चौबिसै घण्टा बजार सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले तयार पारेको आचारसंहिता एवं सुरक्षा मापदण्डका बारेमा व्यवसायी तथा घरधनीको राय, सुझाव लिनका लागि छलफल आयोजना गरिएको परिषद्का महासचिव राजीव पाण्डेले जानकारी दिए।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले प्रचलित कानुनको अधीनमा रहेर कसरी ठमेलभित्र चौबिसै घण्टा व्यापार–व्यवसाय सञ्चालन गर्न सकिन्छ भनेर घरधनी र व्यवसायीको सुझाव मागिएको बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका