जोडिनुहोस
  • होमपेज
  • गुन्जेश्वरी ट्रेड लिङ्कमा म्याद गुज्रिएका खाद्यान्न सामाग्री भेटिएपछि ६ वटा गोदाम बन्द

गुन्जेश्वरी ट्रेड लिङ्कमा म्याद गुज्रिएका खाद्यान्न सामाग्री भेटिएपछि ६ वटा गोदाम बन्द

काठमाडौं । कुलेश्वरस्थित गुञ्जेश्वर ट्रेड लिङ्कको गोदाममा म्याद सकिएको खाद्यान्न सामाग्री विक्रिवितरण गरेको फेला परेको छ । अनुगमन गर्दा चामल र दाल लगायतका सामग्रीमा म्याद नभएको भेटिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रजिअ खडगबहादुर श्रेष्ठले दिए ।

म्याद गुज्रिएको सामाग्री भेटेपछि जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले गुन्जेश्वरी ट्रेड लिङ्कको गोदाम सिल गरेको छ । गुञ्जेश्वरीको ६ वटा गोदाम सिल गरेर अनुसन्धान अघि बढाएको सहायक प्रजि श्रेष्ठको भनाइ छ । प्रशासनले ओम शिवशक्ति ट्रेडिङ कन्सर्नमा पनि छापा मारेको छ । ओम शिवशक्तिले बेच्ने तेलमा शंका लागेपछि अनुगमन टोलीले परीक्षणका लागि तेलको स्याम्पल ल्याएको छ ।

गुन्जेश्वरीमा तौल कम भएका चिनिका बारो भेटिएको पछि गुन्जेश्वरीको स्टोर चिनि भण्डारका लागि अयोग्य रहेको अनुगमन टोलीको निष्कर्ष निकालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका