जोडिनुहोस
  • होमपेज
  • युरोप ‘युद्धपूर्वको युगमा’ प्रवेश गरेको पोल्यान्डका प्रधानमन्त्री टस्कको भनाइ

युरोप ‘युद्धपूर्वको युगमा’ प्रवेश गरेको पोल्यान्डका प्रधानमन्त्री टस्कको भनाइ

पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोपमा द्वन्द्वको ‘वास्तविक’ खतराबारे चेतावनी दिँदै दोस्रो विश्वयुद्धको अन्त्यपछि पहिलो पटक यो महादेश ‘युद्धपूर्वको युगमा’ प्रवेश गरेको बताएका छन् ।

‘युद्ध अब विगतको अवधारणा होइन । यो वास्तविकता भएको छ र यो दुई वर्ष पहिले सुरु भएको छ । यस क्षणमा सबैभन्दा चिन्ताजनक कुरा हो र शाब्दिक रूपमा भन्दा युद्धको कुनै न कुनै परिदृश्य सम्भव देखिएको छ । हामीले सन् १९४५ यता यस्तो अवस्था देखेका थिएनौँ,’ टस्कले शुक्रबार युरोपेली सञ्चार समूह लीनालाई दिएको अन्तर्वार्तामा भने।

उनले भने, ‘मलाई थाहा छ विशेष गरी युवा पुस्ताको लागि यो विनाशकारी सुनिन्छ तर हामीले यस तथ्यमा अभ्यस्त हुनुपर्दछ युद्धपूर्वको परिदृष्यसहित एक नयाँ युग सुरु भएको छ । मैले अवस्थाबारे अतिरञ्जित कुरा गरिरहेको छैनस यो हरेक दिन स्पष्ट हुँदै गइरहेको छ ।’

दुई वर्षअघि युक्रेनमा रूसले गरेको आक्रमणले युरोपेली नेताहरूको युद्धपछिको शान्तिको भावनालाई अन्त्य गरेको थियो, यसले गर्दा धेरै देशहरूले किएभ र उनीहरूका आफ्नै सेनाहरू आपूर्ति गर्न हतियार उत्पादनलाई तीव्रता दिन थालेका छन् ।

युरोपेली परिषद्का पूर्वअध्यक्ष टस्कले शुक्रबार भने, ‘यदि किएभ पराजित भए युरोपमा कसैले पनि सुरक्षित महसुस गर्ने छैनन् ।’

महाद्वीपका लागि चिन्ताको विषय अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावित पुनरागमन पनि हो । उनको अमेरिकी सैन्य सहायताको विश्वसनीयतामाथिको प्रश्नले नाटोको भूमिकालाई खुलेआम शंकाका दृष्टिले हेरिएको छ । यदि उहाँ नोभेम्बरमा पुनः निर्वाचित भएमा त्यसपछि बन्ने ट्रम्प प्रशासनले नाटोमा भइरहेको अमेरिकी खर्च घटाउने पहिलेको प्रस्तावलाई पुनः ल्याउनसक्नबारे कतिपय यूरोपेली नेताहरू सशंकित छन् ।

टस्कले अन्तर्वार्तामा भने, ‘अमेरिकी राष्ट्रपति जोसुकै किन नहोस्, हाम्रो काम ट्रान्साटलान्टिक सम्बन्धको विकास गर्नु हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका