जोडिनुहोस
  • होमपेज
  • कटन क्यान्डीमा अखाद्य रङ्ग पाइयो, उपभोग नगर्न विभागको आग्रह

कटन क्यान्डीमा अखाद्य रङ्ग पाइयो, उपभोग नगर्न विभागको आग्रह

शहर बजारमा बालबालिकालाई लक्षित गरेर बिक्री भइरहेको कटन क्यान्डीमा अखाद्य रङ्ग प्रयोग गरिएको पाइएको छ ।   खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला जाँचबाट कटन क्यान्डीमा मानव स्वास्थ्यमा अवसर गर्ने अखाद्य रङ्ग प्रयोग गरेको पुष्टि भएको हो । आज विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘खुलारूपमा बिक्रीरवितरण भइरहेको रङ्गीन कटन क्यान्ड मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग रोडा माइन बीको प्रयोग भएको पाइएको छ ।’ विभागले अनुज्ञापत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुलारूपमा बिक्रीरवितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न तथा नगराउन अनुरोध गरेको छ । काठमाण्डौलगायत विभिन्न ठाउँहरूका सडकपेटी, बजार, मेला लगायतमा यस्ता कटन क्यान्डी बिक्री भइरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका