जोडिनुहोस
  • होमपेज
  • जलेश्वर भन्सारलाई सुख्खा बन्दरगाह बनाउन माग

जलेश्वर भन्सारलाई सुख्खा बन्दरगाह बनाउन माग

महोत्तरीका व्यवसायी र राजनीतिक दलका प्रतिनिधिहरुहरुले जलेश्वर भन्सार कार्यालयको स्तरोन्नतिको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । औद्योगिक र व्यापारिक विकासका लागि २०२६ सालमा जलेश्वरर नगरपालिकाको भारतीय सिमानामा स्थापित जलेश्वर भन्सारको स्तरोन्नतिको माग गर्दै जलेश्वरर, गौशाला, मटीहानी र बर्दिबासका उद्योगी व्यवसायी, राजनीतिक दलका प्रतिनिधि लगायतको टोलीले शनिवार प्रधामनमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।

जलेश्वर भन्सार ४।५ विघामा यार्डहरु निर्माण भएको, खाद्य परीक्षण प्रयोगशाला सहितको पुर्वाधार तथा जनशक्ति रहेको र तेश्रो मुलुकबाट आउने कच्चा पदार्थ जलेश्वरर भन्सार भएर कम खर्चमा ल्याउन सक्ने भएकोले जलेश्वर भन्सारको स्तरोन्नति गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख छ । मधेश प्रदेशको मध्य भागमा रहेको जलेश्वर भन्सारको पुर्वाधार, जनशक्तिको दृष्टिकोणले वीरगंज भन्सार कार्यालयपछिको ठूलो भन्सार रहेको र यस भन्सार कार्यालयले मधेश प्रदेशसँगै पहाडी जिल्लामा समेत व्यापारिक दृष्टिकोणले महत्वपुर्ण रहेको प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।

भारतको कलकत्तादेखि जयनगरसम्म सञ्चालन भइरहेको रेलमार्ग जयनगर जनकपुर बर्दिबाससम्म संचालन गर्न भारत तथा नेपाल सरकारबाट द्रुत गतिमा कार्य संचालन भइ रेल्वेले अधिग्रहण गरेको जग्गा ५२ विघामा रेल्वे कार्गो व्यवस्थापन सहज तरिकाले संचालन हुने हुँदा जलेश्वरर भन्सारको स्तरोन्नतिले व्यवसायीहरुलाई सामान ढुवानी आयात निर्यात गर्न सहज हुने व्यवसायीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका