जोडिनुहोस
  • होमपेज
  • क्यानडाविरुद्ध नेपालको नाटकीय जित

क्यानडाविरुद्ध नेपालको नाटकीय जित

नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा क्यानडा ७ रनले पराजित भएको छ । नाटकीय जित निकाल्ने क्रममा नेपालका कप्तान रोहित पौडेलले ४ विकेट लिए । जित उन्मुख क्यानडाका निकोलस कीर्तनलाई नेपालका पवन सरार्फले ६८ रनमा आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो । कीर्तन आउट हुनुअघि क्यानडा ६ विकेट गुमाएर १९५ रनको बलियो अवस्थामा थियो । त्यसपछिका ४ ब्याट्सम्यानले ३० रन जोड्न नसक्दा क्यानडा नेपालसँग पराजित हुन पुग्यो ।

नेपालको जितमा कप्तान रोहित नायक बने । उनले ८ दशमलव २ ओभर बलिङ गर्दा २ मेडन ओभर फाल्दै २२ रन दिएर ४ विकेट लिए । ८ ओभर बलिङ गरेका ललित राजबंशीले ४१ रन दिएर २ विकेट लिए । पवन सर्राफ, सोमपाल काकी, रिजन ढकाल र कुशल मल्ले समान एक – एक विकेट लिए ।

क्यानडाका आरोन जोनसनले २०, नभनित दलिवाल ६, पर्गत सिंह ५०, निकालेसन कीर्तन ६८ र हर्स थकेरले ३२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले मध्यम लक्ष्य खडा गरेको थियो ।

४८ रनमा पहिलो विकेट गुमाएको नेपालका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो साझेदारी गर्न सकेनन् । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गर्दा अरु ब्याटरले रन बनाउन सकेनन् ।

एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका कुशलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे । आसिफ शेख ८ रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी बनाउन सकेनन् । भीम सार्की १७ रनमा आउट हुँदा कुशल मल्लले पनि २० रन मात्र बनाउन सके ।

आरिफ शेख ३८ रनमा आउट हुँदा पवन सर्राफ १५ रनमा पभेलिएन फर्किए । दोस्रो उच्च स्कोर बनाएका आरिफले ५० बलमा ४ चौका प्रहार गरे । २३ बलमा २ छक्का र १ चौका हानेका सोमपाल कामी २७ रनमा आउट भए । सूर्य तामाङ रन र रिजन ढकाल रनमा नटआउट रहे ।

क्यानडाका उदय भगवानले ३ र सादबीन जफारले २ विकेट लिए । इश्वरजत सोही, साहिद अहमादजाइ र हर्स थाकिरले समान एकरएक विकेट लिए । नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका