जोडिनुहोस
  • होमपेज
  • एमाले झापा अधिवेशनमा नेतृत्व चयनमा ढिलाई, बहसमै वित्यो तीन दिन

एमाले झापा अधिवेशनमा नेतृत्व चयनमा ढिलाई, बहसमै वित्यो तीन दिन

काठमाडौं । नेकपा एमालेको झापामा जारी अधिवेशले नेतृत्व चयनमा ढिलाई गरेको छ । अध्यक्ष ओलीले सममतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएपछि नेता तथा कार्यकर्ताहरुलाई के का अधारमा बलियो नेतृत्व चयन गर्ने भन्ने विषयमा छलफल लम्बिएको छ । अधिवेश सुरु भएको तीन दिनसम्म पनि नेतृत्व चयन गर्न नसक्नुले एमालेको नेतृत्वमा ढिलाई देखिएको छ ।

ओलीको गृहजिल्ला झापा –३ मा जारी अधिवेशनमा ओलीको निर्देशनअनुसार अध्यक्षमा प्रेमबहादुर गिरी र उपाध्यक्षमा शिव ढुंगेलमा सहमति भएपनि अहिलेसम्म सचिव, उपसचिव र सदस्यमा सहमति जुट्न सकेको छैन ।

चैत १५ बाट सुरू भएको एमाले झापाको ११औं अधिवेशनमा शुक्रबारबाट बन्द सत्र सुरू भएकोमा शनिबार दिउँसो अध्यक्ष र उपाध्यक्षबाहेकका सबै पदमा आवश्यकताभन्दा बढीले मनोनयन दर्ता गराएका छन् ।

सचिवमा तुलसी कार्की, बोधप्रसाद घिमिरे, पुरुषतर्फ १ उपसचिव पदमा असारु राजवंशी, टीकाराम मंग्राती, चन्द्र सुब्बाले उम्मेदवारी दर्ता गराए। आइतबार नै नेतृत्व चयनको कामलाई सर्बसहमतिका रुपमा समापन गर्ने सहमति भएपनि सोमबारका लागि सारिएको छ । के का आधारमा नेतृत्व छनोट गर्ने भन्ने विषय पाटी अध्यक्षले नतोकिदिएपछि लामो बहस जारी भएको हो ।

पालिकाहरूबाट ४३० जना, जनसंगठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरूबाट २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना र मनोनीत ३८ जना गरी ७८६ जना प्रतिनिधिले अधिवेशनमा सहभागीता जनाएका छन् । जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १५० जनाको कमिटी बन्नेछ । विभिन्न जन वर्गीय सङ्गठनहरूबाट पछि थप १५ जना मनोनीत गर्ने बुझिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका