जोडिनुहोस
  • होमपेज
  • अनलाइन मार्फत ठगी गर्ने दुई चिनियाँ नागरिक पक्राउ

अनलाइन मार्फत ठगी गर्ने दुई चिनियाँ नागरिक पक्राउ

पर्सा– प्रहरीले अनलाइनमार्फत ठगी गर्ने दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले हिजो साँझ पर्साको वीरगन्जबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरूमाथि अनुसन्धान भइरहेकाले प्रहरीले नाम गोप्य राखेको छ । पक्राउ परेकाहरूले वीरगन्जको लक्ष्मणवामा कार्यालय स्थापना गरी अनलाइनमार्फत ठगी गर्ने गरेको खुलेको छ ।

पक्राउ पुगेकाहरूबाट ८० थान डेस्कटप मनिटर, २५ थान मोबाइल, ल्यापटपका सामानलगायत बरामद गरेको ढुङ्गेलले जानकारी दिए । उनीहरूले २ महिनादेखि घर भाडामा लिएर अनलाइन ठगी धन्दा चलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चिनियाँ नागरिकहरूको गतिविधिमा शंका लागेपछि प्रहरीले केही सातादेखि उनीहरूको निगरानी गरिरहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका