जोडिनुहोस

खेलकुद

नेयमार साउदी क्लबमा

  • Sagarmatha TV
  • मङ्लबार, साउन ३०, २०८०
नेयमार साउदी क्लबमा

काठमाडौँ । ब्राजिलियन स्टार नेयमार साउदी प्रो लिग क्लब अल हिलालसँग दुई बर्षको सम्झौता गरेका छन् ।

फ्रेन्च क्लब पिएसजी छोड्ने निश्चित भएपछि अल हिलालले दिएको प्रस्तावलाई नेयमारले स्वीकार गरेका हुन् ।

अल हिलालले नेयमारका लागि ९० मिलियन युरो तिरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उनी २०२५ को जुन ३० सम्म अल हिलालमा रहने भएका छन् ।

त्यस्तै अल हिलालले नेयमारलाई बार्षिक करिब ८० मिलियन युरो पारिश्रमिक प्रस्ताव गरेको बताइएको छ । उनले पिएसजीमा बार्षिक करिब २५ मिलियन युरो पारिश्रमिक लिने गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार नेयमारले अल हिलालका लागि आजै मेडिकल गर्ने र साउदी प्रस्थान गर्ने बताइएको छ ।

अल हिलालले नेयमारलाई यसै साता आफ्ना फ्यानहरु समक्ष प्रस्तुत गर्ने र अल हिलालमा नेयमारले जर्सी नम्बर १० नै लगाएर खेल्ने भएका छन् ।

सन् २०१७ मा २२० मिलियन युरोमा पिएसजी गएका नेयमार शुरु देखि नै पोएसजीमा असहज महसुस गरेका थिए ।

नेयमार लगातारको इन्जुरीका कारण पनि पिएसजीमा पुरा समय खेल्न सकेका थिएनन् । पिएसजीमा ६ सिजनमा नेयमार कुनै पनि सिजन पुरा खेल खेल्न सकेका थिएनन् ।

नेयमारले पिएसजीमा अहिलेसम्म १ सय ७३ खेलमा १ सय १८ गोल गरेका छन् । जसमा ३ लिग वान, ३ फ्रेन्च सुपर कप, ३ कोपा डे फ्रान्स, २ फ्रान्स लिग कप जितेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका