जोडिनुहोस
  • होमपेज
  • भूकम्प प्रभावित क्षेत्रमा एमालेले एक हजार स्वयम सेवक परिचालन गर्ने

भूकम्प प्रभावित क्षेत्रमा एमालेले एक हजार स्वयम सेवक परिचालन गर्ने

नेकपा एमालेले जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको छ । केन्द्रीय सचिवालय बैठकले आगामी १ मंसिरदेखि स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनका अनुसार, एमाले स्वयमसेवकले पाँच हजार कार्य दिनमा एक करोड बढीको काम गर्नेछन् । स्वयम सेवक परिचालनको संयोजन कर्णाली प्रदेश कमिटीले गर्ने एमालेले निर्णय गरेको छ । बैठकले भूकम्प पीडितहरुका लागि संकलित राहत सामग्री प्रभावकारी वितरण गर्न सरकारसँग माग राखेको छ ।

‘राहत संकलन भएर प्रभावकारी वितरण नभएको, राजनीतिकरण भएको र त्यहाँ विपद् पर्यटन जस्तो देखिएकाले सरकारको गम्भीर गम्भीर ध्यानाकर्षण गराएका छौं’, ज्ञवालीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका