जोडिनुहोस
  • होमपेज
  • दिल्लीका मुख्यमन्त्रीलाई आउँदो वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा राख्न अदालतको आदेश

दिल्लीका मुख्यमन्त्रीलाई आउँदो वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा राख्न अदालतको आदेश

जाँड–रक्सीसम्बन्धी नीति घोटाला प्रकरणमा पक्राउ परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई यही अप्रिल १५ तारिख अर्थात् आउँदो वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा राखिने भएको छ ।

मुख्यमन्त्री केजरीवाललाई दिल्लीको राउज एभेन्यु कोर्टले अप्रिल १५ सम्म न्यायिक हिरासतमा राख्न अनुमति दिएको बीबीसी हिन्दीले जनाएको छ । यसअघि केजरीवाल प्रवर्तन निर्देशनालय ९ईडी० को हिरासतमा थिए ।

जाँड–रक्सीसम्बन्धी नीति घोटालाको बारेमा सोधपुछ गर्दा केजरीवालले सहयोग नगरेको ईडीले बताएको थियो । उनले आफ्नो फोनको पासवर्ड नदिएका ईडीका एसबी राजूले बताएका खबरमा उल्लेख छ ।

आज राउज एभेन्यु कोर्ट आउँदै गर्दा मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिरहेका छन् त्यो देशका लागि ठीक नभएको प्रतिक्रिया दिएका थिए ।

जाँड–रक्सी घोटाला प्रकरणमा केजरीवाललाई उनकै निवासबाट गएको मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । यस प्रकरणमा एक सय करोड भारुभन्दा बढी भ्रष्टाचार भएको आरोप उनीमाथि लगाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका