जोडिनुहोस
  • होमपेज
  • महालेखापरीक्षकमा सिफारिस रायाको संसदीय सुनुवाइ प्रक्रिया शुरु

महालेखापरीक्षकमा सिफारिस रायाको संसदीय सुनुवाइ प्रक्रिया शुरु

महालेखापरीक्षकमा सिफारिस तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको समितिका सदस्य महेश बर्तौलाले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्को हिजो बसेको बैठकले तथ्याङ्क कार्यालयका प्रमुख रायालाई महालेखापरीक्षकमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

रायामाथि उजुरी परेमा उजुरीकर्तासँग छलफल पनि हुनेछ । त्यसपछि संसदीय समितिले नाम अनुमोदन गर्ने, सिफारिसपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । महालेखापरीक्षकको पदावधि छ वर्षको हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका