जोडिनुहोस
  • होमपेज
  • राष्ट्र बैंक सञ्चालक समितिद्वारा मौद्रिक नीति पारित

राष्ट्र बैंक सञ्चालक समितिद्वारा मौद्रिक नीति पारित

काठमाडौँ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष (२०८०÷८१) को मौद्रिक नीति पारित गरेको छ । आज बिहानदेखि बसेको बैठक भर्खर सकिएको छ ।

केही बेरमै वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ । मौद्रिक नीतिका सम्बन्धमा पत्रकार सम्मेलन भने ३ बजे याक एण्ड यति होटलमा डाकिएको छ ।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्‍याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।

मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्‍याउने उद्देश्य राखेको हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका