जोडिनुहोस
  • होमपेज
  • कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमति

कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमति

कर्णाली । नयाँ सत्ता समीकरणका दलबीच भएको सहमति अनुसारमा कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्री पाउने भएको छ ।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो । सत्ता समीकरणको सहमतिअनुसार पहिलो चरणमा एमाले दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इञ्चार्ज मल्लले बताए ।

मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा आज पत्र दर्ता गराइसकेका थिए । मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला विपरीत निर्णय आएपछि अब कर्णालीमा के हुने भन्नेमा अन्योलता सृजना भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका