जोडिनुहोस
  • होमपेज
  • ४४ लाख खोप खेर जाने अवस्थामा

समाचार

४४ लाख खोप खेर जाने अवस्थामा

  • Sagarmatha TV
  • शुक्रबार, माघ १३, २०७९
४४ लाख खोप खेर जाने अवस्थामा

काठमाडौं, दातृ निकायहरूले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरानाविरुद्धको ४४ लाख डोज खोप प्रयोग नहुँदा खेर जाने अवस्थामा पुगेको छ ।

दाताबाट प्राप्त खोपलाई समयमै सदुपयोग गर्नेतर्फ सरकारी तहबाट पहल नहुँदा यस्तो अवस्था आएको हो । दाताले दिएको लाखौं डोज खोप म्याद गुज्रिने अवस्थामा पुग्न लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका अनुसार पाँचदेखि ११ वर्ष उमेरसम्मका बालबालिकाका लागि भनेर आएको खोपको पनि म्याद गुज्रिसकेको छ । गत सेप्टेम्बरदेखि अक्टोबरसम्म म्याद रहेका खोप यही जनवरी अन्त्यसम्म प्रयोग गर्न सकिने भन्दै विभागले केही समयअघि स्थानीय तहमा पठाएको थियो ।

ती खोप जनवरी महिनाभरिमा प्रयोग गर्न सकिने सल्लाहकार समितिको सिफारिसपछि विभागले स्थानीय तहमा पठाएको हो ।
नागरिक दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका