जोडिनुहोस
  • होमपेज
  • पूँजीगत लाभकरको सहमति– नेप्से सूचक ४६ अंकले बढ्यो

पूँजीगत लाभकरको सहमति– नेप्से सूचक ४६ अंकले बढ्यो

काठमाडौँ । सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच पूँजीगत लाभकरको विषयमा सहमती जुटेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उल्लेख्य सुधार आएको छ । आज अर्थमन्त्रालयमा भएको सहमतिअनुसार हाल कायम पूँजीगत लाभकर नै अन्तिम करका रुपमा रहने सम्झौता भएको हो ।

यससँगै, दिउँसो २ बजेसम्म नेप्से परिसूचक ४६ अंकले बढेको छ । समाचार तयार पार्दा सम्मको अवधिमा परिसूचक ४६ अंकले बढेर १९१३ अंकमा पुगेको छ । यस्तै, यस अवधिसम्म कारोबारमा आएका कम्पनीमध्ये २१० कम्पनीको सेयर बढेको छ भने ९ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।

यस्तै, ९४ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको २६ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य ३७ रुपैयाँले बढेर प्रतिकित्ता ४०७ रुपैयाँ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका