जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्रीमाथि छानबिन समिति नबने अर्को बैठक चल्न सक्दैन ; कांग्रेस

गृहमन्त्रीमाथि छानबिन समिति नबने अर्को बैठक चल्न सक्दैन ; कांग्रेस

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफ्नो माग यथावत राखेको छ । आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन नभए आगामी बैठक चल्न नसक्ने चेतावनी दिए । संसद शर्माले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग कांग्रेसको न्यूनतम शर्त रहेको बताए । उनले कांग्रेसले मुद्दा उठाएर यो विषय टुंगिँदै भनेर प्रचार भइरहेको भन्दै सत्ता समीकरणको खेलमा कांग्रेस नलाग्ने धारणा राखे ।

शर्माले कांग्रेसले उठाएका प्रश्न बेवास्ता गर्दै आकस्मिक रुपमा गृह मन्त्रीलाई रोष्ट्रममा पठाइयो भने संसद् अवरोध गर्नुपर्ने परिस्थिति आउने बताए । उनले कांग्रेसले आफूहरूले गृहमन्त्रीको राजीनामा माग गरेको नभई गृहमन्त्रीलाई संसदीय छानविन समितिमार्फत आफ्ना विषयमा प्रष्ट पार्ने मौका दिन खोजेको जिकिर गरे ।

गृहमन्त्रीले आफूमाथि लागेको आरोपबारे सार्वजनिक बहस गर्न तयार भएको भनिरहेको उल्लेख गर्दै शर्माले सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा आएर बहस गर्न चुनौति दिए । सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्ध छानविन गर्न संसदीय समिति बनाउनुपर्ने भन्दै कांग्रेसले लगातार सदनमा अडान राख्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका