जोडिनुहोस
  • होमपेज
  • त्रिशूलीमा ट्याक्सी खस्दा बेपत्ता रोकायाको शव फेला

त्रिशूलीमा ट्याक्सी खस्दा बेपत्ता रोकायाको शव फेला

काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशूलीमा खस्दा बेपत्ता भएका १८ वर्षीय दिवश रोकायाको शव भेटिएको छ । ट्याक्सी त्रिशूलीमा खसेर बेपत्ता भएको पाँच दिनपछि बुधबार बिहान कालीखोलास्थित त्रिशुली किनारामा रोकायाको शव भेटिएको हो । गत शनिबार काठमाडौंबाट गोरखा जाने क्रमा उक्त ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित पृथ्वी राजमार्गको सिमलधारानजिक दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा गोरखा नगरपालिका–७ का ट्याक्सी चालक ३५ वर्षीय अर्जुन सिर्मल, त्यही ठाउँका ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया, २८ वर्षीया अञ्जना रोकाया र ९ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका