जोडिनुहोस
  • होमपेज
  • बढ्यो रेमिट्यान्स, ७ महिनामा भित्रियो ६ खर्ब ८९ अर्ब

बढ्यो रेमिट्यान्स, ७ महिनामा भित्रियो ६ खर्ब ८९ अर्ब

काठमाडौँ । चालू आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ८९ अर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार ७ महिना (साउन–माघ) सम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको हो ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको माघ मसान्तसम्ममा ४.४ प्रतिशतले रेमिट्यान्समा गिरावट आएको थियो । अमेरिकी डलरमा यस्तो विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको केन्द्रीय बैङ्कले जनाएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५७.३ प्रतिशतले वृद्धि भई ३,१४,७६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १,६७,७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २६५.९ प्रतिशतले बढेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका