जोडिनुहोस
  • होमपेज
  • दुई समूहबीच झडप भएपछि सुनसरीको हरिनगर र देवानगञ्जमा निषेधाज्ञा

दुई समूहबीच झडप भएपछि सुनसरीको हरिनगर र देवानगञ्जमा निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडानम्बर १ र ७ मा निषेधाज्ञा जारी गरेको छ ।

बिहीबार एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समूहबीच झडप भएपछि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले मध्यान्ह १२ बजेदेखि लागू हुने गरी निषेधादेश जारी गरेको हो ।

बिहीबारको घटनामा स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिटपछि दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ । अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कुनै पनि सामूहिक रुपमा गरिने कार्य नगर्न निषेध गरिएको कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका