जोडिनुहोस
  • होमपेज
  • प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच भेटघाट

प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच भेटघाट

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदूत अब्रार हुसैन हासिमीबीच शिष्टाचार भेटघाट भएको छ ।

बुधबार जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका