जोडिनुहोस
  • होमपेज
  • सुनसरीमा दुई समूहबीच झडप हुँदा चार जना घाइते

सुनसरीमा दुई समूहबीच झडप हुँदा चार जना घाइते

काठमाडौं । सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएको छ । भएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।

कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलका अनुसार हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि शुक्रबार प्रहरीले ६ राउण्ड हवाई फायर गरेको हो । घटनालाई नियन्त्रणमा लिनका लागि प्रहरीले ११ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ ।

दुई समूहबीच झडप भएपछि धार्मिक सहिष्णुतामा खलबल पु¥याउने गतिविधि बढेको भन्दै सुनसरी स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । उनका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर लगिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका