जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल चैत २६ गते सोमबारको राशिफल

आज २०८० साल चैत २६ गते सोमबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः विवेक पुर्याएर बोल्नुपर्ने छ। माया गरेको धन प्राप्त हुनेछ। शेयर कारोबारमा फाइदा हुनेछ। साथीले सहयोग गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः साथीसँगको भेटले मन खुशी हुनेछ। वैदेशिक लगानीबाट सन्तोष मिल्नेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनसक्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः बन्धुबाट सहयोग मिल्नेछ। साथीसँग रमाइलो गर्ने दिन हो। कर्म बलियो रहेकाले लगानी बढाउनु पर्नेछ। बौद्धिक व्यक्तिसँग संगत हुनेछ। परिवारमा भने कुरा नमिल्ने जोखिम हुनसक्छ।

कर्कटः वैदेशी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। आर्थिक लगानीमा ठुलो काम नगर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः बोल्दा विशेष ख्याल गर्नुपर्ने दिन छ। कर्मको प्रभावले सबैले प्रशंसा गर्नेछन्। न्यायपूर्वक गरेको लगानीको क्षेत्रबाट उन्नति हुनेछ। शिक्षामा सफलता मिल्नेछ।

कन्याः आफन्तसँग रमाइलो भेट हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। हिम्मत गरेमा लगानीको क्षेत्रमा फाइदा हुनेछ। धार्मिक क्षेत्रका अगुवासँगको भेटले मनमा उत्साह थपिनेछ। हरेक कार्यमा परिवारको सहयोग मिल्नेछ।

तुलाः यात्रा सुखद् बन्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। सामाजिक सेवा गर्ने योग छ। परिवारको साथ र सहयोग रहनेछ। व्यवहार गर्दा भने सचेत हुनुपर्ने देखिन्छ।

वृश्चिकः नयाँ कामको थालनी हुनेछ। बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ। घरमा अतिथिलाई स्वागत गर्न अवसर मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। परिवारको साथ र सहयोग राम्रो छ।

धनुः महत्त्वपूर्ण सामान हराउने जोखिम भएकाले काम गर्दा सचेत हुनुपर्ने दिन छ। परिवार र प्रेम सम्बन्धमा मनमुटाव हुनसक्छ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ।

मकरः आर्थिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। कर्म क्षेत्रमा मेहनत आवश्यक देखिन्छ। आर्थिक र सामाजिक क्षेत्रका लागि समय अब्बल छ। परिवारको साथ र सहयोग रहनेछ।

कुम्भः राजनीतिमा सफलता मिल्नेछ। नयाँ कामको सुरुवात हुने दिन छ। इमान्दारिता नगुमाउनु राम्रो हुनेछ। परिवार सकारात्मक छन्।

मीनः व्यापारमा लाभ हुनेछ। लगानीका अवसरहरु खुल्दै जानेछन्। परिवारको साथ र सहयोग रहन्छ। अवसर आउँछ भनेर चुप बस्ने होइन कर्म क्षेत्रमा सक्रिय भएर लाग्नुपर्ने दिन हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका