जोडिनुहोस
  • होमपेज
  • इलाम २ उपनिर्वाचनमा एमालेका नेम्वाङले गरे मनोनयन दर्ता

इलाम २ उपनिर्वाचनमा एमालेका नेम्वाङले गरे मनोनयन दर्ता

प्रतिनिधिसभाको एक सिटका लागि इलाम २ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका छन् ।मनोनयन दर्ता गराउनु पूर्व उनले राष्ट्रिय विभूति तथा सहिदहरूको शालिकमा माल्यार्पण गरेका थिए ।

मनोनयन दर्ता गराउन जाने क्रममा सुहाङले इलामको रत्नचोकमा रहेको रत्नकुमार वान्तवा र वन वान्तवाको शालिकमा माल्यार्पण गरेका थिए । त्यस्तै सुहाङले राष्ट्रिय विभूतिहरू भानुभक्त आचार्य र शंखधर साख्वाको सालिकमा पनि माल्यार्पण गरेका थिए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । उनको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचनको मतदान हुँदैछ । इलाम २ बाट एमालेले सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको हो । सुहाङलाई सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि समर्थन गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका