जोडिनुहोस
  • होमपेज
  • टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु

टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु

काठमाडौँ– टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा प्रारम्भ भएको छ । जात्राका क्रममा टोखाका नेवार समुदायले पाहुना बोलाएर मीठो खुवाउने प्रचलन रहेको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताए ।

आज विनायक र सङ्कटा अजिमाका रथलाई गाउँ परिक्रमा गराइन्छ । परिक्रमाका क्रममा जहाँजहाँ महादेव लुकेर बसेको छन् त्यहाँ पुर्याई दर्शन गराएर फर्काउने चलन रहेको अध्यक्ष नापितले बताए ।

भोलि घोडेजात्राका दिन साँझ साढे ६ बजे सपन विनायनको रथलाई सपनतीर्थमा लैजाने, सङ्कटाको रथलाई तरख्यःमा ल्याएर छ जना कुमार र चारजना कुमारीलाई भात खुवाइने उनको भनाइ छ ।

सपनतीर्थको रथलाई नात्येश्वर र सङ्कटाको रथलाई थलाग टोलमा बिसाइन्छ । सोही रात भजनकीर्तन गर्ने र जाग्राम बस्ने चलन छ ।

जात्राको अन्तिम दिन बिहान साढे ६ बजे सपनतीर्थको रथ नात्येश्वरबाट र सङ्कटाको रथ थलाग टोलबाट बाजागाजासहित कपडा बिच्छ्याएर थलागटोलमा रहेको पाँचवटा प्वाल भएको ढुङ्गा ९न्या प्वाय ल्हो०मा लगेर सपनविनायकले सङ्कटालाई तीनपटक ढोगाउने चलन छ ।

त्यसपछि सङ्कटा अगाडि र सपनविनायकको रथ पछाडि बसेर लिङ्गेश्वरलाई तीनपटक परिक्रमा गरी जात्रा समापन गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका