जोडिनुहोस
  • होमपेज
  • बर्थडेको केक काटे झैं राष्ट्रका हितहरु काटकुट पारेर बाँड्दैछन् :ओली

बर्थडेको केक काटे झैं राष्ट्रका हितहरु काटकुट पारेर बाँड्दैछन् :ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले सत्ता स्वार्थको लागि संविधान मिचेको आरोप लगाएका छन् । एमाले समर्थित अखिलको स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले स्वार्थहरुको कित्ताकाट गरिरहेको बताए ।

उनले भने, ‘अहिले पनि संविधान लगातार मिच्ने कसैको बहुमत छैन । बहुमत नभएका पार्टीहरु एक ठाउँमा मिलेर, स्वार्थ बाँडेर, देशका हितलाई चकनाचुर पारेर बर्थडेको केक काटे झैं राष्ट्रहका हितहरु काटकुट पारेर बाँडेर सत्ता बनाउने र टिकाउने घीनलाग्दो खेल खेलिरहेका छन् ।’

ओलीले मरिसकेको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरको आरोप लगाए । उनले विधिसम्मत अगाडि बढाउन आफूहरु तयार हुँदाहुँदै पनि संविधान मिचेको बताए ।

ओलीले भने, ‘सत्ता उन्माद बहुमत आएर धेरै जनताले पत्याएर पनि होइन । गठजोडको अराजनीतिक भागबन्डाको स्वार्थहरुको कित्ताकाटको त्यसैको कारणले अहंकार पलाएर संविधान नमान्ने ठाउँमा पुगिसकेका छन् । मरिसकेको विधेयक मन्त्रिपरिषद्ले प्रमाणीकरण गर्न पठाइयो । सभामुखलाई थाहा छैन ।’

उनले संविधान मिच्न राष्ट्रपति उत्ताउलो बनेको आरोप लगाए । ओलीले कोशीमा सभामुखले गठबन्धनको आदेशअनुसार संविधान मिचेको जिकिर गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका