जोडिनुहोस
  • होमपेज
  • अधिवक्ता जंगमद्वारा श्रेस्तेदार घिमिरेमाथी हातपात

अधिवक्ता जंगमद्वारा श्रेस्तेदार घिमिरेमाथी हातपात

काठमाडौं । अधिवक्ता दिपक शर्मा जंगमले काभ्रे जिल्ला अदालत धुलिखेलका श्रेस्तेदार गोविन्द प्रसाद घिमिरेमाथि हातपात गरेका छन् ।

पीडक र पीडितबीच मेलमिलाप गराएको भन्दै अधिवक्ता जंगमले श्रेस्तेदार घिमिरेको कार्यकक्षमै पसेर हातपात गरेका हुन् ।
हिजो बुधबार न्यायाधीश मोहनराज भट्टराइको इजलासले पनौती नगरपालिका–४ का बुद्ध तामाङ र गुणमाया तामाङको सम्बन्धविच्छेद मुद्दामाथि छलफल गर्दै मेलमिलाप गर्ने आदेश दिएको थियो ।

छलफलपछि पीडित र पिडक मेलमिलाप गर्न तयार भएलगत्तै मिलापत्र लेख्दै गर्दा कार्यकक्षमै प्रवेश गरि अधिवक्ता जंगमले ‘यो केश मिल्नु हुदैन भन्दै’ भन्दै आफुमाथि हातपात गरेको श्रेस्तेदार घिमिरेले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत अधिवक्ता जंगमले कार्यकक्षमै घाटी न्याक्न आएको भन्दै उनले यसरी दिन दहाडै न्यायको घाँटी निमोठिन्छ भने कालोकोटधारी उक्त छदमभेषीलाई कारवाही कस्ले गर्ने रु भन्दै प्रश्न गरेका छन् । उनले यस घटनाको छानविन गरि कारबाही गर्न समेत माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका