जोडिनुहोस
  • होमपेज
  • दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण

दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण

सियोल। दक्षिण कोरियाले दोस्रो सैन्य जासूस उपग्रह ‘स्पेसएक्स फाल्कन-९’ रकेट प्रक्षेपण गरेको कोरियाली रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ ।

स्वदेशी सैन्य जासूसी उपग्रहसहित ११ उपग्रह बोकेको ‘फाल्कन–९’ रकेट संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट सोमबार बिहान ८ः१६ मा उडेको थियो ।

प्रक्षेपण भएको ४५ मिनेटपछि उपग्रहलाई कक्षमा राखिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । दक्षिण कोरियाले सन् २०२५ सम्ममा पाँचवटा सैन्य जासूस उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको र दोस्रो ‘सिन्थेटिक एपर्चर रडार’ सेन्सरसहित हुने बताएको छ ।

असअघि, ‘इलेक्ट्रो–अप्टिकल’ र ‘इन्फ्रारेड सेन्सरहरू’ जडान गरिएको पहिलो उपग्रह गत वर्ष डिसेम्बरमा प्रक्षेपण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका