जोडिनुहोस
  • होमपेज
  • कम्युनिष्टलाई एकै ठाउँमा ल्याउन हरेस खानु हुँदैन : माधव नेपाल

कम्युनिष्टलाई एकै ठाउँमा ल्याउन हरेस खानु हुँदैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याउन हरेस खान नहुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसमा कीर्तिपुरमा आयोजित कार्यक्रममा उनले सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताए ।

अहिले कम्यनिष्ट पार्टीहरु आफ्ना-आफ्ना पसल थापेर बसेको बताउँदै उनलेे मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताए ।

कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने र जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्शान हुने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका