जोडिनुहोस
  • होमपेज
  • राैतहटमा आगलागी : ३ घर गोठसहित चौपाया जलेर नष्ट, १० लाख बढीको क्षति

राैतहटमा आगलागी : ३ घर गोठसहित चौपाया जलेर नष्ट, १० लाख बढीको क्षति

रौतहट । भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका स्थित गएराति भएको आगलागी बाट तीन घर गोठ जलेर नष्ट भएको छ ।

आगलागीमा परेर घर गोठ भित्र रहेको ७ वटा चौपाया मरेको पाइएको छ । सो आगलागी बाट १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

गए राति ११ बजेर ४५ मिनेटको समय ईशनाथ ८ मंसरी टोलका बलिराम मिश्राको फुसको गोठ घरमा बालेको घुरबाट आगो सल्कीन गई गोठ घरमा आगलागी भएको थियो । आगलागीको खबर प्राप्त हुना साथ प्रहरी चौकी रामपुर खापका प्रमुख असइ सुरेशमान श्रेष्ठको कमाण्डमा खटि गएको टोली, गाउँले र बोर्डर आउट पोस्ट खापबाट गएको सशस्त्र प्रहरीको सहयोगमा १२ बजेर ५० मिनेटमा आगलागी नियन्त्रण आएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्। आगलागी बाट तीनजनाको घर गोठ र घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको थियो ।

आगलागीमा परेर स्थानिय बलिराम मिश्राको भौंसी-१, पाडा-१ र बाख्रा-१ जली मरेको छ। त्यस्तै साईकल थान-३, मोबाईल-२, पंखा-१ र गोठ घर पुर्ण रुपमा जली नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै आगलागी बाट कृष्ण मिश्राको भौंसीको पाडी-१, बाख्रा-१ र माउ- २ जली मरेको छ , अन्नपात, ल्यापटप-१, पंखा-१, ग्यास चुलो-१, नगद रु६० हजार ,गोठ घर पुर्ण रुपमा जली नष्ट भएको छ।

त्यसैगरी उदय मिश्राको साईकल-१, दाउरा र गोठ घर पुर्ण रुपमा जली आगलागिमा मानविय क्षेती नभए पनि तीनैजनाको गरेर १० लाख भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले जानकारी दिएकी छिन ।

आगलागी लगतै घटनास्थल पुगेका ईशनाथ नगरपालिकाका पूर्व मेयर सन्तोष कुमार मेहताले गाउँले र प्रहरीको प्रयासले ठूलो क्षती हुनबाट जोगिएको बताएका छन । उनले पिडित परिवारको सहयोगको लागि स्थानिय निकाय र जिल्ला प्रशासन कार्यालय रौतहटको ध्यानाकर्षण गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका