जोडिनुहोस
  • होमपेज
  • सिँचाइका लागि कोठीखोलामा तटबन्ध निर्माण

सिँचाइका लागि कोठीखोलामा तटबन्ध निर्माण

बरहथवा– सर्लाहीको हरिवन नगरपालिकास्थित चुरे क्षेत्रका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित ‘रन अफ हार्वेष्टिङ ड्याम’ (तटबन्ध) निर्माण सुरु भएको छ ।

हरिवन नगरपालिका–१ भएर बग्ने कोठीखोलामा तटबन्ध निर्माण सुरु गरिएको हो । चुरेका किसानको खेतखेतमा पानी पुर्याउने लक्ष्यसहित तटबन्ध निर्माण सुरु गरेको कोठीखोला चुरे संरक्षण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बम्जनले जानकारी दिए। तटबन्ध निर्माणपश्चात् यस क्षेत्रको छ सय बिघा बढी खेतमा सिँचाइ सुविधा पुग्ने उनले बताए।

तटबन्ध बनेपछि हरिवन नगरपालिका–१ अन्तर्गत कोठीखोलामा सुक्खा क्षेत्रमा बाह्रैमास पानी पुग्नेछ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइअन्तर्गतको बजेटबाट तटबन्ध निर्माण थालिएको हो ।

तटबन्ध निर्माणका लागि उपभोक्ता समितिको तीन लाख ९३ हजार ६१७ श्रमदान र कार्यालयको ३४ लाख ५६ हजार गरी कुल रु ३८ लाख ४९ हजार ६१७ खर्च हुने अनुमान छ ।

खोलामा ४५ मिटर लामो आरसीसी हार्वेष्टिङ ड्याम र ३० मिटर लामो अर्देन ड्यामको संरचना निर्माण गरिने उपभोक्ता समिति अध्यक्ष बम्जनले जानकारी दिए। योजना सम्झौताअनुसार कोठीखोला चुरे संरक्षण उपभोक्ता समितिले २०८१ असार ६ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका