जोडिनुहोस
  • होमपेज
  • केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुखसहित १० जना वरिष्ठ कमाण्डरको ज्यान गयो

केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुखसहित १० जना वरिष्ठ कमाण्डरको ज्यान गयो

केन्यामा हेलिकोप्टर दुर्घटना हुँदा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको ज्यान गएको छ । केन्याका राष्ट्रपति विलियम रुटोले देशको उत्तर–पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा उनीहरूको ज्यान गएको बताउनुभएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

एउटा प्राथमिक विद्यालयबाट उडेको हेलिकप्टर स्थानीय समयअनुसार दिउँसो २ बजेर २० मिनेटमा तल खसेर आगलागी भएको थियो । सेना प्रमुखसहितका कमाण्डरहरू समस्याग्रस्त क्षेत्रका डाकुहरूसँग लड्न तथा चलिरहेको विद्यालय नवीकरण कार्यको निरीक्षण गर्न खटिएका सेनाहरूलाई भेट्न गएका थिए । राष्ट्रपति रुटोले केन्यामा आजदेखि तीन दिनका लागि शोक मनाउने घोषणा गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका