जोडिनुहोस
  • होमपेज
  • अन्तरिक्षमा फेला परे ६ ‘अद्भुत ग्रह’

अन्तरिक्षमा फेला परे ६ ‘अद्भुत ग्रह’

काठमाडौँ । एकछिन सोचौं त, ‘ब्रह्माण्डमा पृथ्वीजस्तै ग्रह फेला परे के होला ? ’ हामी कल्पना गर्न सक्छौं ‘त्यहाँ पनि जीव होला र त्यसमध्ये शक्तिशाली जीवले शासन गरेको होला।’ हो अहिले वैज्ञानिक यसकै खोजीमा छन्, किनकि अन्तरिक्षमा पृथ्वीभन्दा ठूला ६ वटा ‘अद्भुत ग्रह’ फेला परेका छन्। विभिन्न आकारका ग्रहहरू भएको हाम्रो सौर्यमण्डल बन्दा ब्रह्माण्डमा ठूला उथलपुथलहरू भएका थिए। तर, अहिले फेला परेको सौर्यमण्डल निर्माण हुँदा त्यस्तो केही नभएको अनुमान गरिएको छ।

पृथ्वीबाट सय प्रकाश वर्ष टाढा रहेको उक्त ‘सौर्यमण्डल’मा ६ वटा ग्रह छन्। ती सबैको आकार लगभग उत्रै छ। तिनको उत्पत्ति १२ अर्ब वर्षअघि भएको हो। तर, त्यसपछि तिनमा खासै ठूलो परिवर्तन भएको छैन। त्यसैले ती ग्रहहरूको उत्पत्ति कसरी भयो र तिनमा जीवको अस्तित्व छ कि छैन भन्ने अध्ययन गर्न तिनलाई उपयुक्त मानिएको छ।

वैज्ञानिक जर्नल ‘नेचर’ मा यो अनुसन्धान प्रकाशित भएको छ। हाम्रो सौर्यमण्डल निर्माण हुने प्रक्रिया उथलपुथलयुक्त थियो। उत्पत्तिका क्रममा केही ग्रहहरू एकअर्कामा बज्रिएका थिए र तिनको कक्ष खल्बलिएको थियो। अनि वृहस्पति र शनिजस्ता विशाल ग्रहहरू र पृथ्वीजस्ता तुलनात्मक रूपमा साना ग्रहहरू पनि बनेका थिए। अहिले पत्ता लागेको सौर्यमण्डललाई वैज्ञानिकहरूले एचडी ११००६७ नामकरण गरेका छन्। यसका सबै ग्रहको आकार लगभग उत्रै छ। हाम्रो सौर्यमण्डलमा भएका ग्रहहरूले सूर्यलाई परिक्रमा गर्न लाग्ने अवधि भिन्नाभिन्नै छ। तर, एचडी ११००६७ मा सबै ग्रहहरू सँगसँगै जस्तो आफ्नो माउतारालाई परिक्रमा गर्छन्।

परिक्रमा कक्षको सबैभन्दा भित्र रहेको ग्रहले तारालाई तीन पटक परिक्रमा गर्दा लाग्ने समयमा त्यसपछि रहेको ग्रहले झन्डै दुई फेरा मार्छ। त्यो क्रम चौथो ग्रहसम्म जारी रहन्छ। त्यसपछि बाँकी दुइटा ग्रहले आफ्नो कक्षमा परिक्रमा गर्ने सापेक्षित गति परिवर्तन भएर ४ः३ को औसत हुन पुग्छ। ग्रहहरूको यस्तो जटिल अनुक्रम यति स्पष्ट छ कि अनुसन्धानकर्ताहरूले प्रत्येक ग्रह र त्यसले कक्षमा परिक्रमा गर्ने अवधिसँग ‘ताल र लय’ मिल्ने गरी एउटा संगीत नै पनि रचना गरेका छन्।

उक्त अनुसन्धानको नेतृत्व युनिभर्सिटी अफ शिकागोका डा। रफाएल लुकेले गरेका थिए। उनले एचडी ११००६७ लाई एउटा ‘उत्कृष्ट सौर्यमण्डल’ को संज्ञा दिएका छन्। वारिक युनिभर्सिटीकी डा। मारिना लाफार्गा–माग्रो उक्त सौर्यमण्डल ‘सुन्दर र अद्वितीय’ भएको बताउँछिन्। ‘कसैले पनि पहिला नदेखेको कुरा देख्न पाउनु निकै रोचक छ,’ उनले भनिन्।

विगत ३० वर्षमा खगोलविद्हरूले हजारौं सौर्यमण्डल पत्ता लगाएका छन्। तर, ग्रहहरूको उत्पत्तिबारे अध्ययन गर्न ती उपयुक्त थिएनन्। ग्रहहरूको समान आकार र समग्र प्रणालीको अक्षुष्ण अवस्थाका कारण खगोलविद्हरूले यो सौर्यमण्डललाई अध्ययनका लागि उपयुक्त मानेका छन्।

ग्रहहरूको तुलना गर्दै समानता र विषमता खोज्न सकिने उनीहरू ठान्छन्। त्यसो गर्दा ती ग्रह पहिला कसरी बने र क्रमशः विकसित भए भन्ने चित्र बन्न सक्छ। उक्त प्रणालीमा एउटा चम्किलो तारा छ जसले ती ग्रहहरूको वायुमण्डलमा जीवहरूको अस्तित्व भए नभएको खोज्न सघाउन सक्छ। ६ वटै ग्रहलाई खगोलविद्हरूले ‘उपवरुण’ ९सब–नेप्च्युन० भनेका छन्। ती ग्रह पृथ्वीभन्दा ठूला तर वरुणभन्दा साना छन्। वरुण पृथ्वीभन्दा चार गुना ठूलो छ। ती ग्रहहरू पृथ्वीभन्दा दुई वा तीन गुना ठूला छन्।

गत सेप्टेम्बरमा अर्को एउटा सौर्यमण्डलमा के २–१८बी नामक सब–नेप्च्युन ग्रह पत्ता लागेको थियो। त्यो ग्रहको वायुमण्डलमा पृथ्वीमा प्राणीहरूले उत्पादन गर्ने र जीवको अस्तित्वको संकेत गर्ने एउटा ग्यास भएको संकेत फेला परेको थियो। त्यसैले अहिले नयाँ ग्रहहरू फेला परेको विषयमा धेरैको रुचि बढेको देखिन्छ।

हाम्रो सौर्यमण्डलमा त्यस्तो सब–नेप्च्युन ग्रह छैन। तर आकाशगंगामा त्यस प्रकारको ग्रहको संख्या धेरै भएको ठानिन्छ। वास्तवमा खगोलविद्हरूलाई ती ग्रहबारे धेरै कम थाहा छ। ती ग्रहमा कति चट्टान, ग्यास वा पानी छ भन्ने अनि त्यहाँ जीवका लागि आवश्यक परिस्थिति उपलब्ध छ कि छैन भन्ने कुरा कसैलाई पनि थाहा छैन।बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका