जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न कभर्डहल निर्माण

राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न कभर्डहल निर्माण

कञ्चनपुर– राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नगरस्तरीय कभर्डहल निर्माण प्रारम्भ भएको छ ।

नगरपालिकाको आन्तरिक स्रोतबाट रकम व्यहोर्नेगरी दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ को लागतमा कभर्डहल निर्माण प्रारम्भ भएको हो ।

नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख इन्जिनीयर दीपक धामीका अनुसार ठेक्का सम्झौता भएको ११ महिनामा निर्माणको भौतिक प्रगति ६५ प्रतिशत भएको छ । आर्थिक प्रगति २२ प्रतिशत छ ।

उनका अनुसार कभर्डहलमा डबल ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, एक सय ५० जना बस्न मिल्ने प्यारापिट निर्माण हुनेछ ।

कभर्डहल सञ्चालनमा आएपछि खेलाडीलाई अभ्यास गर्न सहज हुने पूर्वखेलाडी तथा तत्कालीन झलारी गाउँपालिकाका अध्यक्ष टेकबहादुर हमालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका