जोडिनुहोस
  • होमपेज
  • संरक्षणका पर्खाइमा शुक्लाफाँटामा ताल

संरक्षणका पर्खाइमा शुक्लाफाँटामा ताल

महेन्द्रनगर (कञ्चनपुर)। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको घनत्व बढिरहँदा त्यहाँभित्र वन्यजन्तुलाई पानी व्यवस्थापन गर्न थप पोखरी निर्माण गरिने भएको छ । चवालीस पाटे बाघ, २३ गैँडा, दुई हजार तीन सयभन्दा बढीको बाह्रसिङ्गाको झुण्ड पाइने निकुञ्जभित्र कृतिम पोखरी र प्राकृतिक गरी एक सयको हाराहारीमा तालतलैया रहेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले शुक्लाफाँटा निकुञ्जको घाँसे मैदान आसपास मात्रै ३५ कृतित्र पोखरी रहेको बताए । “गर्मीका बेला वन्यजन्तुका लागि पानीको प्यास मेटाउन कृतिम पोखरीले निकै सहज भएको छ”, उनले भने, “अहिले त पानीको मुहान/पोखरी भएको क्षेत्रतिर नै वन्यजन्तु बढी देखिन्छन् ।”

शुक्लाफाँटाभित्र रानी ताल, बाबा ताललगायतका ठूला ताल रहे पनि लामो समय जलकुम्भीलगायतका झारले पुरिँदै गएका छन् । “यस वर्ष पोखरीको मर्मत÷सम्भारका लागि बजेट आउँदा छ/सात सरसफाइ एवं मर्मत गरियो ।” उनले भने, “कुनै ठाउँमा सोलार सेट नहुँदा पोखरी सुकेको अवस्था पनि छ ।”

सुदूरपश्चिमको महत्वपूर्ण पर्यटकीय क्षेत्र मानिने शुक्लाफाँटा मुलुकमा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रुपमा समेत परिचित छ । यहाँ आहारा प्रजाति पर्याप्त हुँदा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको छ ।

“पानीका लागि अझै पोखरी थप्ने पाए हुन्थ्यो”, उनले भने, “अहिले त बाघ देखिने क्रम पनि बढेको छ ।” ताल उत्खनन र पुर्नभरण, पर्यावरण प्रर्वद्धन, सडक स्तरोन्नतिलगायतको माग प्रदेश सरकारका राखिरहेको शुक्लाफाँटा निकुञ्ज कार्यालयले जनाएको छ । तीन सय पाँच वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटाभित्र ५५ वर्गकिलोमिटरको विशाल घाँसे मैदान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका