जोडिनुहोस
  • होमपेज
  • नियमित अदुवा सेवन गर्नुस्, पाउनुहुनेछ यस्ता चमत्कारिक फाइदा

नियमित अदुवा सेवन गर्नुस्, पाउनुहुनेछ यस्ता चमत्कारिक फाइदा

हाम्रो घरमा नियमित रूपमा सहजै उपलब्ध हुने मसला हो अदुवा । हामी प्राय जसोले अदुवाको पेस्टलाई तरकारीमा मसलाको रूपमा र चिया बनाउँदा पनि चिया मसलाको रूपमा प्रयोग गर्ने गर्छौ । कतिपय व्यक्तिहरूलाई भने यसको स्वाद मन नपर्ने हुँदा यसलाई भान्छामा राखिँदैन । तर दिनहुँ अदुवाको सेवन गर्दा स्वास्थ्यमा नसोचेको लाभ मिल्ने विज्ञहरू बताउँछन् ।

अदुवामा भिटामिन र मिनरल्स लगायतका पोषक तत्त्व प्रशस्त मात्रामा पाइने हुनाले यसमा धेरै औषधीय विशेषता रहेको छ । यसको सेवनबाट विभिन्न प्रकारका रोगहरू निको हुने उनीहरुको भनाई छ । जुन यस प्रकार रहेको छ ।

– अदुवाको नियमित सेवनले वाकवाकी तथा बान्ता हुने समस्याबाट बचाउँछ ।

– महिनावारीको दुखाई कम गर्छ ।

– पाचन प्रक्रिया साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

– शरीर सुन्निने समस्या निर्मूल बनाउँछ ।

– क्यान्सर तथा मुटुरोगीहरूका लागी अदुवाको सेवन निकै फाइदाजनक मानिन्छ ।

– अदुवाको नियमित सेवन गर्नाले घाँटीको सङ्क्रमण हुनबाट बचाउँछ ।

– अदुवाले हाम्रो शरीर भएको टक्सिन हटाएर रगत सफा बनाउँछ ।

– यसको सेवनले तौल घटाउनुका साथै हामीलाई स्वस्थ पनि बनाउँछ ।

– अदुवाले शरीरलाई बलियो बनाउनुका साथै खोकीबाट पनि छुटकारा दिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका