जोडिनुहोस
  • होमपेज
  • साविक विजेता मछिन्द्रको लगातार दोस्रो हार, आर्मी २-० ले विजयी

साविक विजेता मछिन्द्रको लगातार दोस्रो हार, आर्मी २-० ले विजयी

काठमाडौं । साविक विजेता मछिन्द्र एफसीले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा सुरुमै लगातार दुई हार बेहोरेको छ ।

च्यासल मैदानमा बिहीबार भएको खेलमा मछिन्द्र साविक उपविजेता त्रिभुवन आर्मी एफसीसँग २-० ले पराजित भयो । यसअघि पहिलो खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ ले पराजित भएको थियो ।

आर्मीलाई सिजनको पहिलो जित हात पार्ने क्रममा दुवै गोल दोस्रो हाफमा गरेको थियो । आर्मीका लागि दिपक गुरुङले ४८औं मिनेटमा पहिलो गोल गरेका थिए । नवयुग श्रेष्ठले ५९औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

जितपछि दुई खेलबाट आर्मीले ४ अंक जोडेको छ । लगातार तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको मछिन्द्र भने लगातार दुई हारपछि अंकबिहीन छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका