जोडिनुहोस
  • होमपेज
  • ललिता निवास प्रकरणः बाबुरामले दिए सिआईबीलाई बयान

ललिता निवास प्रकरणः बाबुरामले दिए सिआईबीलाई बयान

काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिलाई बयान दिएको बताएका हुन् ।

उनले सिआईबिलाई उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको बताएका छन् ।

उनले भनेका छन्ः

ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु, यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका