जोडिनुहोस

खेलकुद

क्रोसिया र वेल्स विजयी

  • Sagarmatha TV
  • बुधबार, चैत्र १५, २०७९
क्रोसिया र वेल्स विजयी

काठमाडौँ– युरोकप छनौट अन्तर्गत क्रोसियाले टर्कीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा क्रोसियाले टर्कीलाई २(० गोल अन्तरले पराजित गरेको हो ।

क्रोसियाको जितमा दुवै गोल माटेओ कोभाकिकले गरेका हुन् । उनले दुवै गोल खेलको पहिलो हाफमा गरेका थिए ।

यो जितपछि क्रोसियाको समुह डी मा २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै यसै समुहमा रहेको वेल्सले लात्भियालाई १(० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । वेल्सको पनि २ खेलमा ४ अंक भएको छ ।

त्यसैगरी यस समुहमा अर्मेनिया र लात्भिया भने २(२ खेल खेलेर अंकविहिन रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका