जोडिनुहोस
  • होमपेज
  • पाँच दिनपछि राष्ट्रपति पौडेल अस्पतालबाट फर्के शीतल निवास

पाँच दिनपछि राष्ट्रपति पौडेल अस्पतालबाट फर्के शीतल निवास

काठमाडौं । पाँच दिनसम्म उपचार गरेर राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । पेटमा समस्या देखिएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका पौडेल बुधबार दिउँसो शीतल निवास फर्केका हुन् ।

पौडेलको उपचारमा डा। निरज बम संलग्न थिए । शीतल निवासमा भिडभाड र भेटघाट बढी भएकाले राष्ट्रपतिलाई अस्पतालमै बसेर स्वास्थ्यलाभ लिन चिकित्सकले सल्लाह दिएको राष्ट्रपति पौडेलका सञ्चार सहयोगी खिला कार्कीले जानकारी दिए । अहिले पौडेलको अवस्था सामान्य छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका