जोडिनुहोस
  • होमपेज
  • दावा छिरिङको नागरिकताबारे छानबिन गर्न समिति गठन

दावा छिरिङको नागरिकताबारे छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङको नागरिकताबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

तिब्बती मूलका बेल्जियन नागरिक छिरिङले काभ्रे जिल्ला प्रशासन कार्यालयबाट लिएको नेपाली नागरिकताबारे छानबिनका लागि गृहले समिति गठन गरेको हो ।

गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवालको नेतृत्वमा समिति गठन गरिएको हो । ठमेल स्थित ‘होटल भियना’को सञ्चालक समेत रहेका छिरिङले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ ।

दावा छिरिङको साथमा ३०–०१–७४–११८६५ नम्बरको नेपाली नागरिकता फेला परेको छ ।
उनले २०७४ पुस २० मा नागरिकता लिएका थिए ।

सुन प्रकरणमा पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०को अनुसार तीन जनाले काभ्रेबाट र एकजनाले काठमाडौँबाट नागरिकता लिएका छन् ।

सुन तस्करीको आरोपमा पक्राउ गरिएका एकजना चिनियासँग भारतीय आधार कार्ड फेला परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका