जोडिनुहोस
  • होमपेज
  • सिंगापुरमाथी युएईको सानदार जित

अन्तर्राष्ट्रिय

सिंगापुरमाथी युएईको सानदार जित

  • Sagarmatha TV
  • आइतवार, बैशाख १०, २०८०
सिंगापुरमाथी युएईको सानदार जित

काठमाडौं । युएईका ओपनर तथा कप्तान मुहम्मद वासिम र वृत्य अरबिन्दको सानदार शतकको सहयोगमा युएईले सिंगापरलाई पराजित गरेको छ । टियु मैदान कीर्तिपुरमा भएको एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा युएई २ सय १ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

युएईले दिएको ४ सय ७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७० रन मात्र बनायो । सिंगापुरका लागि मनप्रित सिंहले ६४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले ।

थिलिपन उमीदुराईले ५६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । सुरेन्द्रर चन्द्रमोहन र कप्तान अरित्र दत्तले समान ३८/३८ रन बनाउँदा विनोथ बसकरनले १८ रन बनाए ।

युएईका लागि सचिन शर्मा,कार्तिक मैयप्पन र आयान खानले समान २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई अन्तिम बलमा अलआउट हुदै ४ सय ७१ रन बनाएको हो ।

युएईका लागि कप्तान तथा ओपनर मुहम्मद वासिम र वृत्य अरबिन्दले शतकीय ईनिङ खेले । वासिमले ८२ बलमा ९ चौका र १६ छक्काको सहयोगमा १ सय ६० रन बनाए । वासिमले ८२ बलमा आफ्नो शतक पूरा गरेका थिए ।

शतक बनाएको १७ बल पछि उनले १ सय ५० रन पूरा गरेका थिए । अरबिन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्काको सहयोगमा १ सय ७४ रन बनाए । अरबिन्दले ९६ बलमा शतक पूरा गरेका थिए । अर्को ३० बलमा उनले १ सय ५० रन पूरा गरे ।

आयान खानले ५० बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय ईनिङ खेले । सचित शर्मा ८ बलमा १६ रन बनाउँदै अविजित रहे । युएईका खेलाडीहरुले २६ छक्का र ४१ चौका प्रहार गरेका थिए ।

सिंगापरका लागि अदिद्य भार्गभले ४ र रमेश कलिमुथुले ३ विकेट लिए । विनोद बसकरनले २ विकेट लिए । पछिल्लो पाँच ओभरमा युएईले पाँच विकेट लिएर ७१ रन बनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका