जोडिनुहोस
  • होमपेज
  • नागरिकबीचको प्रेम, एकता र भाइचाराको पर्व होली ; राष्ट्रपति मुर्मु

नागरिकबीचको प्रेम, एकता र भाइचाराको पर्व होली ; राष्ट्रपति मुर्मु

होली पर्वले मानिसमा प्रेम, एकता र भाइचाराको भावनालाई बढावा दिने भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले बताएकी छन्।

हर्षोल्लासका साथ रङ खेलेर मनाइने होली पर्व भारतमा यो वर्ष मार्च २५ परेको छ । पर्वको सुरुवात ‘होलिका दहन’ भनिने आगो जलाउने अनुष्ठानसहित गरिन्छ जसले राक्षस होलिकालाई जलाएको सन्दर्भलाई संकेत गर्दछ ।

यो पर्व भगवान कृष्ण प्रति समर्पित छ जसले उत्तर प्रदेशको ब्रज नामक क्षेत्रमा धेरै समय बिताएको विश्वास गरिन्छ । यसले होलीको भावनालाई मात्र नक्कल नगरी राधा र कृष्णको कालातीत प्रेमको प्रतिरूप पनि झल्काउँछ ।

राष्ट्रपति मुर्मुले होली पर्वको पूर्वसन्ध्यामा आइतबार एक सन्देश जारी गरी देश विदेशमा रहेका सम्पूर्ण भारतीय नागरिकलाई शुभकामना दिएकी छन्। सन्देशमा उहाँले रङहरू खेलेर मनाइने यो पर्वले आपसी एकता र भाइचाराको भावनालाई जागृत गर्ने बताइन्।

राष्ट्रपति मुर्मुले आफ्नो सन्देशमा होली पर्व एउटा जीवन्त र उल्लासपूर्ण पर्व भएकाले यसले मानव जीवनमा आशा र उत्साह जगाउने बताइन् । होलीका विभिन्न रङहरू देशको विविधताको प्रतीक भएको बताउँदै होली पर्वले जनतामा प्रेम, एकता र भाइचाराको भावनालाई बढावा दिई सांस्कृतिक मूल्य मान्यतालाई सुदृढ बनाउन नागरिकलाई प्रेरणा दिने उल्लेख गरिन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि होलीको अवसरमा एक सन्देश जारी गर्दै देश विदेशमा रहेका सम्पूर्ण नागरिकहरूलाई बधाई तथा शुभकामना दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका