जोडिनुहोस
  • होमपेज
  • भुटानी शरणार्थी प्रकरण अनुसन्धान भएकोमा खुशी छु : केपी ओली

भुटानी शरणार्थी प्रकरण अनुसन्धान भएकोमा खुशी छु : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनप्रति आफु खुशी भएको प्रतिक्रिया दिएका छन् । बिहीबार एमाले केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सारै ठुलो संख्यामा ठगी र शोषण भएकाले यो प्रकरण बाहिरिएको पनि अध्यक्ष ओलीको भनाइ छ ।

‘एक ढंगले भन्ने हो भने यो कसैको काबुभन्दा बाहिरको स्थिति थियो छताछुल्ल भयो’, अध्यक्ष ओलीले भने, ‘सारै ठुलो संख्यामा ठगी र शोषण भएपछि यो घटना छताछुल्ल भएको हो । त्यसकारण म यो अगाडि बढेकोमा खुशी छु ।’ यो प्रकरणमा ठुलठुला व्यक्तिसमेत तानिने अवस्थाबारे गरिएको प्रश्नमा ओलीले त्यसमा आफ्नो भन्नु केही नरहेको बताए । ‘दोषी छुट्नुहुदैन । निर्दोष पर्नुहुदैन । मुख्य फिल्म बाँकी नै छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाई छ ।

भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी समेत संलग्न भएको भन्दै अदालतले पक्राउ पूर्जी जारी गरिसकेको छ । त्यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राई लागायत १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका