जोडिनुहोस

देश

नेपाल र बंगलादेश भिड्दै

  • Sagarmatha TV
  • मङ्लबार, जेष्ठ ९, २०८०
नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज मंगलबार बंगलादेशको सामना गर्दैछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा नेपालले सोमबार किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो ।

प्रतियोगिता अन्तर्गत मंगलबार भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै श्रीलंका र काजकिस्तान तथा उज्वेकिस्तान र माल्दिभ्सबीच समेत प्रतिस्पर्धा हुनेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ ।

समूह ‘ए’ मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका