जोडिनुहोस
  • होमपेज
  • विश्वकप क्रिकेट जितेको अस्ट्रेलियाली टोलीका केही सदस्य डिसेम्बर ३ पछि मात्रै स्वेदश फर्किने

विश्वकप क्रिकेट जितेको अस्ट्रेलियाली टोलीका केही सदस्य डिसेम्बर ३ पछि मात्रै स्वेदश फर्किने

एकदिवसीय विश्वकप क्रिकेट जितेको अस्ट्रेलियाको टोलीका केही सदस्य डिसेम्बर ३ तारिख अर्थात् यही मङ्सिरको १७ गतेपछि मात्रै स्वदेश फर्कने भएका छन् ।

अस्ट्रेलियाले भारतसँग ५ वटा खेलको टी–२० शृङ्खला खेल्ने भएका कारण टोलीका केही सदस्य डिसेम्बर ३ तारिखपछि मात्रै स्वदेश फर्किने भएका हुन् । शृङ्खला यही नोभेम्बरको २३ तारिखदेखि शुरु हुँदैछ ।

पहिलो खेल २३ तारिख, दोस्रो खेल २६ तारिख, तेस्रो खेल २८ तारिख, चौथो खेल डिसेम्बर १ र पाँचौँ तथा अन्तिम खेल डिसेम्बर ३ तारिखमा हुनेछ । अहिले विश्वकप खेलेका ट्रेभिस हेड, जोश इङ्लिस, ग्लेन म्याक्सेवल, स्टेभेन स्मिथ, मार्कुस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा टी– २० शृङ्खलामा पनि समावेश छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका