जोडिनुहोस
  • होमपेज
  • मुसिकोटका कर्मचारी र जनप्रतिनिधिले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने

मुसिकोटका कर्मचारी र जनप्रतिनिधिले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने

मुसिकोट नगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।

नगरपालिकाले सूचना निकालेर नयाँ शैक्षिक सत्रदेखि अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णयबारे जानकारी गराएको हो ।

नगरपालिकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि यस्तो निर्देशन गरेको नगरपालिकाले जनाएको छ । मुसिकोट नगरपालिकाभित्र १६ माध्यमिक, आठ निम्न माध्यमिक र ४७ प्राथमिक विद्यालय छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका