जोडिनुहोस
  • होमपेज
  • टर्कीको सरकारी विस्फोटक कारखानामा विस्फोट, कम्तीमा ५ जनाको मृत्यु

टर्कीको सरकारी विस्फोटक कारखानामा विस्फोट, कम्तीमा ५ जनाको मृत्यु

कारा । टर्कीको एक रकेट तथा विस्फोटक कारखानामा भएको शक्तिशाली विस्फोटमा परेर पाँच जना कर्मचारीको मृत्यु भएको छ । यो घटना शनिबार बिहान राजधानी अंकाराबाट ४० किलोमिटर टाढा सरकारी स्वामित्व भएको एमकेई रकेट एन्ड एक्सप्लोसिभ फ्याक्ट्रीमा भएको थियो ।

टर्कीको सरकारी टेलिभिजनका अनुसार विस्फोटबाट नजिक रहेका घर तथा पसलमा समेत क्षति पुगेको छ । घटनामा कयौँ घाइते भएको पनि बताइएको छ । अधिकारीहरूका अनुसार कारखानाको डायनामाइट विभागबाट विस्फोट सुरु भएको थियो ।

क्षेत्रीय गभर्नर वहाप साहिनले भग्नावशेषमा कोही पनि कर्मचारी नफसेको जानकारी दिए । सरकारी मिडियाका अनुसार घाइते कर्मचारीहरूलाई स्थानीय अस्पतालमा लगिएको छ । यसमध्ये कयौँको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

पत्रकारहरूसँग कुराकानी गर्दै गभर्नर साहिनले रासायनिक प्रयोगका दौरानका यो विस्फोट भएको बताए । उता, उपरक्षामन्त्री अल्पस्लान कवाकलियोग्लूले विस्फोटभन्दा अघिको भिडियो फुटेज अध्ययन भइरहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका