जोडिनुहोस
  • होमपेज
  • युक्रेनका राष्ट्रपतिले भने, ‘शान्तिका लागि रुसलाई जमिन दिन स्वीकार्य छैन’

युक्रेनका राष्ट्रपतिले भने, ‘शान्तिका लागि रुसलाई जमिन दिन स्वीकार्य छैन’

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले आफ्नो सरकार रुससँग सम्भावित शान्ति सम्झौतामा आफ्नो जमिन दिनका लागि तयार नभएको बताएका छन् । बीबीसीसँगको कुराकानीमा उनले यसो भनेका हुन् ।

रुस र युक्रेनबीचको युद्ध आगामी २४ फेब्रुअरीमा एक वर्ष पूरा हुनेछ । यसअघि उनी बेलायती नेतासँग भेट्न लन्डन पुगेका थिए ।

यस अवसरमा बीबीसीलाई दिएको विशेष अन्तरवार्तामा उनले रुसलाई जमिन दिनु खतरनाक भएको बताए । उनले भने, ‘रुसलाई एक पटक जमिन दिइयो भने ऊ पछि पनि यसरी नै आइरहनेछ जबकि पश्चिमी हतियारले शान्तिलाई हाम्रो निकै नजिक ल्याउनेछ ।’

उनले भने, ‘ रुसी आक्रमण चारैतिरबाट हुन थालेको छ ।’

हतियारको बारे उनले भने, ‘हो, अवश्य पनि । आधुनिक हतियारहरूले शान्तिको प्रक्रियालाई गति दिन्छ, किनभने हतियार मात्र एक भाषा हो जुन रुसले बुझ्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका